अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते

रिपोर्ट नेपाल | 2023 May 10 | 07:45 am 1137

अर्घाखाँची, बैशाख २७ः भँमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते भएका छन् ।

वडा २ तिरतिरे खोला किनार जंगलमा लागेको आगो बस्ती पुग्दा चार गम्भीर घाइते भएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइतेको शरीरका विभिन्न भाग जलेको छ ।

चार घरगोठ जलेर नष्ट

आगलागिमा परी घरमालिक पदम बेल्बासे, स्थानीय माधव बेल्बासे, घनश्याम बेल्बासे र पिताम्बर बेल्बासे जलेर गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

त्यस्तै, अस्मिता बेल्बासेको शरीरको विभिन्न भाग जले पनि उनको अवस्था मध्यम छ । घाइतेलाई अर्घाखाँची अस्पतालबाट थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए । आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएको २ वडाध्यक्ष बुद्धिबहादुर थापा बताउँछन्। उनका अनुसार टिनको छानो भएको घरमा आगलागी भएको हो ।

यसैगरी, सन्धिखर्क नगरपालिका–४, वाङलामा आगलागीले एउटा घर र तीन गोठ जलेर नष्ट भएका छन् । सम्सोधिन मियाँको घरमा आगलागी हुँदा उनको घर पँर्ण रूपमा जलेको छ ।

लजिन खानको कुखुरा फर्ममा आगो सल्किँदा ८ सय कुखुरा जलेका छन् । तीन गोठमा आगलागी हुँदा पाँच भैंसी जलेर मरेका स्थानीय रमेश श्रेष्ठले उल्लेख गरे । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.