अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १५ पुग्याे

| 2019 Nov 27 | 07:39 pm 1267

काठमाडौं, ११ मंसिर : अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते ८ जनालाई उपचारको लागि बुटवल रिफर गरियको छ । २ जनालाई जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुलाइ उद्दार जारी राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.