अरिङ्गालले टोकेर पर्वतमा एक युवाकाे मृत्यु

| 2022 Jul 29 | 04:17 pm 1921

पर्वत, साउन १३: अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियार रहेका छन् ।

उनलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए । उनकाे उपचारकाे क्रममा धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.