अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 17 | 05:09 pm 2629

स्याङ्जा, मंसिर २ः अरिङ्गालले टोकेर सोमबार एक बालिकाको निधन भएको छ । मृत्यु हुनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की १३ वर्षीया छोरी अतिथि शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा निधन भएको हो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए।

मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ । त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.