अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

| 2020 Aug 29 | 03:07 pm 2318

सुर्खेत, भदाै १३ः सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट  गएराति एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने-६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। टाेकाइबाट गम्भीर घाइते भएका उनकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए। दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए।

घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो।

गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए। बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.