अराजकतावादी तत्वहरुले लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न खाेजेकाेः प्रचण्ड

रिपोर्ट नेपाल | 2019 Sep 16 | 02:23 pm 1622

काठमाडाैं, भदाै ३० सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बेधान गर्दै उनले केही अराजकतावादी तत्वहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न सकिन्छ कि ! भन्ने दुस्साहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई  आग्रह समेत गरे ।

सम्बाेधनकाे क्रममा दाहालले हजारौँ शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको बताए ।

त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लाग्न सिंगो पार्टी पंक्ति तथा आम जनसमुदायलाई पनि आग्रह गरे । त्यस अवसरमा उनले नेता बोगटीलाई निष्ठावान्, चरित्रवान् नेताको रुपमा चित्रण गर्दै उनले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल बनाउन सकिने धारणा व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.