अम्बे स्टीलको उद्योगमा आगलागी

| 2023 Feb 24 | 01:00 pm 1349

बाँके, फागुन १२ः जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।

प्रहरी, स्थानीयसँगै दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। उद्योगको तेल स्टक रहने ट्यांकी पट्किएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार करिब दुई करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.