पाँचको मृत्यु, १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान सुझाव

| 2018 Sep 15 | 08:53 am 2687

अमेरिका, भदाै ३० : समुद्री आँधी ‘फ्लोरेन्स’ अमेरिकाको पूर्वी तटीय क्षेत्र आएको छ । आँधीका कारणबाट कम्तिमा पाँच जनाको मृत्यु भएको छ । उक्त आँधीबाट अझै धेरै मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्।

Image result for Florence storm in America, at least five deaths

अहिलेसम्म उक्त शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यसअघि अधिकारीहरूले आँधीका कारण चारजनाको मृत्यु भएको बताएका थिए।

Image result for Florence storm in America, at least five deaths

नर्थ क्यारोलाइनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ। ती बच्चाका घाइते बुवालाई भने उपचारका लागि अस्पताल पुर्याइएको छ। नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ गरेको एउटा पत्रकार सम्मेलनमा कयौं मृत्युका घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सुरक्षाकर्मीले बताएका छन् । अहिलेसम्म आँधीका कारण १७ लाख मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान सुझाव दिइएको छ।

Image result for Florence storm in America, at least five deaths

अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ । आँधीबाट जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा गैसकेका छन् । नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

Image result for Florence storm in America, at least five deaths

तस्वीर : एजेन्सीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.