अमेरिकामा (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख बढी

रिपोर्ट नेपाल | 2020 May 27 | 07:25 am 2466

एजेन्सी, जेठ १४ः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख नाघेकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अनुसार बुधबार बिहानसम्म १ लाख ५ सय ७९ पुगेकाे छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार १ सय ४८ जना भाइरसबाट संक्रमित भइसकेका छन् । मंगलबार मात्र त्यहाँ १८ हजार ९ सय २२ जना काेराेना संक्रमित भेटिएका थिए भने ७ सय ७४ जनाकाे मृत्यु भएकाे छ । याे संख्या विगतकाे तुलनामा कमै हाे ।

अमेरिकामा हाल मृत्युदर घटेसँगै निकाे हुने दर बढ्दै छ । त्यहाँ अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ७८ हजार ३ सय ९२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ११ लाख ४४ हजारभन्दा बढी संक्रमित हाल उपचाररत छन्, जसमध्ये १७ हजारबढीकाे अवस्था खतरापूर्ण रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पछिल्ला दिनहरूमा संक्रमित संख्या र मृत्युका घटना न्यून हुँदै गएका छन् । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ७३ हजारभन्दा मानिस संक्रमित भएका छन् भने २९ हजार ४ सय ५१ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार १ हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ४१ जनाकाे मृत्यु भएकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ९७ पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५७ हजार नाघेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.