अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने ७ टिप्पर नियन्त्रणमा

रिपोर्ट नेपाल | 2021 Mar 22 | 07:46 pm 2429

तनहुँ,चैत ९ः बन्दिपुर गाउँपालिका ६ सराङघाट स्थितमा अवैध रूपमा संचालन भई हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रालिबाट अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवा लोड गरी ओसारपसारमा संलग्न टिप्पर नियन्त्रणमा लिएकाे छ ।

ग १ क ४३०७ ,ग १ क ४३३०,ग १ ख ७९९७ ,ग १ ख ९२५३ ,ग १ क ४१७६ ,ग १ ख ७८४७ र ग १ क ४२८२ टिप्परहरुलाई जिल्ला तनहुँ व्यास नगरपािलका १३ सुडे स्थित सराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई बन्दिपुर गाउँपालिकाको कार्यालय तनहुँमा पठाइएकोमा उक्त कार्यालयबाट उक्त कार्यालयबाट जम्मा ५२,०००।– जरिवाना गरेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.