धनकुटा, साउन १४ः लगातार परेको पानीका कारण धनकुटा जिल्लाको विभिन्न स्थानमा पहिरो गई स्थानीयहरुको भौतिक संरचना क्षती गरेको छ ।
पहिरोको कारण बाटो अबरोध
सोमबार रातीदेखि परेको अविरल बर्षाको कारण धनकुटा नपा १० पात्ले स्थित कोशी लोकमार्गमा माथिबाट पहिरो झरी बाटो अवरोध भएको छ ।
उक्त सडक खुलाउन सडक विभागसंग समन्वय भएकोले सो स्थानमा जिप्रका धनकुटाबाट प्रनिको टोली खटीएको हो ।
उक्त स्थान जिप्रका धनकुटाबाट ७ किमि दक्षिण पर्दछ । सो सडकमा बिहान ८ः १५ बजेबाट सडक वान वे सुचारु भएको थियो ।
पहिरोले रुख ढलि बाटो अबरोध
मंगलबार बिहानबाट लगाता परेको पानीको कारण धनपा ३ भाषा स्कुल नजिकै रहेको कोशी लोकमार्गमा रुखसहित ढिस्को झरी बाटो अबरोध भएको थियो ।
यस धनकुटा जिल्ला प्रहरी कार्यालयबाट प्रसनिको कमाण्डमा टोली खटिगई ९ बजे वनवे सुचारु गरेको छ । उक्त स्थान जिप्रका धनकुटाबाट ४ किमी उत्तरमा पर्दछ ।
त्यसैगरी धनपा ४ सल्लेरी स्थित कोशी राजमार्गमा सडक माथिबाट पहिरो र रुख झरी बाटो अबरोध भएको हुँदा उक्त स्थानमा जिप्रका धनकुटाबाट ७ जनाको टोली गई वन कार्यालय धनकुटासँग समन्वय गरी अबरोध हटाइएको प्रहरीले जनाएको छ ।
बिजुलीको पोल बाङ्गिए
धनकुटा नगरपालिका ६ औधोगिकग्राम, धनकुटा बहुमुखि क्याम्पास गेट अगाडी, सरस्वती चौक, गोठगाउँ र वडा ७ स्थित घुमाउने चौतारीमा समेत हाईवे तथा भित्रि सडकको साईडमा रहेको बिजुलिको पोल बाङ्गिएको छ ।
९ वटा पोल बाङ्गिएर तार भुईमा झरेका कारण विद्युत अफिसलाई खबर गरी करेन्ट तत्काल काट्न लगाई पोल बनाउन खबर गरिएको थियो ।
उक्त स्थानमा जिप्रका धनकुटाबाट सिभिल टोली परिचालन गरी अन्य स्थानको समेत बुझ्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।
पहिरोको कारण घरमा सामान्य क्षति
मंगलबारदेखि अबिरल बर्षा भएका कारण धनपा ६ कचडे स्थित कैलाश रायको ढुङ्गामाटो तथा टिनको छानो भएको घरम माथिबाट पहिरो झरी घरको उत्तर पट्टीको पर्खाल चर्किएर हिलो र पानी घर भित्र पसेको छ ।
उक्त स्थानमा जिप्रका धनकुटाबाट टोली र सल्लेरी ब्यारेक धनकुटाबाट ११ जना नेपाली सेनाको टोली समेत गई संयुक्त रुपमा अन्य क्षति हुन नदिन हिलो तथा माटो पन्छाएको प्रहरीले जनाएको छ ।
पहिरोको कारण मोटर ग्यारेज क्षति
जिप्रका धनकुटाको परिसरमा रहेको सवारी साधन राख्ने ग्यारेजको एक पट्टीको पर्खाल भत्किएको छ ।
उक्त ग्यारेज भित्र राखिएको ४ वटा मोटरसाइकलहरु पुरिएको थियो । सो मोटरसाइकल हटाउने कार्य भइ रहेको छ ।साथै, जिप्रका धनकुटाको परिसर भित्र रहेको
प्रहरी क्यान्टिनमाथि रहेको सुकेको रुख लडी क्यान्टिनको अगाडी पट्टी नास्ता खाना बनाएको टिनको छानो समेत उक्त रुखले किचि क्षति बनाएको छ ।
बाढीले गाडी पल्टाएको
वर्षातको कारण धनकुटा सांगुरीगढी गापा ६ सिम्सुवा स्थित भित्रि कच्चि सडक खण्डमा को१ज १५४४ नं को किराना सामान बोकेको बलेरो गाडी बिग्रिएर सिम्सुवा खोला किनारमा रोकि राखेको अवस्थामा उक्त खोलामा बाढी आई उक्त गाडी पल्टाएको छ ।
खबर प्राप्त हुन साथ ईप्रका भेडेटारबाट प्रहरी टोलि गइ उक्त गाडी उठाइ साईड लगाएको प्रहरीले जानकारी दिएका हो । त्यहाँ मानविय क्षति भने भएको छैन ।
पहिरोबाट भएको क्षेतिको टिपोट
बर्षाको कारण धनकुटा नपा ४ देव्रेबासका रमेश चन्द्र अधिकारीको घर मथिबाट पहिरो झरी भान्सा घर भत्किएर १० हजार बराबरको क्षति भएको र खाने पानी जम्मा गर्ने
सिमेन्टको पक्कि ट्यांकी समेत पुरिएको छ ।
पहिरोले स्टोररुमा क्षेती
धनकुटा नपा ७ स्थित जिल्ला अस्पताल धनकुटाको कर्मचारीले दाउरा राखेको इटाको गाह्रो, टिनको छानो भएको एउटा कोठा पहिरो झरी क्षेती भएको पुर्याएको छ । अन्य मानविय क्षेति भने नभएको प्रहरीले जानकारी दिएको हो ।
पहिरोले शौचालयमा क्षेती
धनकुटा नपा ७ जिरोप्वान्ट नजिकै रहेको तारा राईको शौचालय पहिरोले भत्काउँदा ६० हजार बराबरको क्षति भएको छ ।
उक्त शौचालय बगाउँदा धनमाया राईको घरको पुर्व पट्टी साईडमा रहेको घरको पेटी, सुगुरको खोर र खाना पकाउने किचनमा समेत माटो थुफ्रिएर सामन्य क्षती भएको प्रहरीले जानकारी दिएको हो ।
पहिरोले घर जोखिममा
धनकुटा नपा ५ स्थित रहेको कोपिला राईको घर माथिबाट पहिरो झरी घर जोखिममा परेकोले जिप्रका धनकुटाबाट प्रहरी टोलि गई उक्त घरको ४ जना परिवालाई आफन्तकोमा सारिएको छ ।
त्यसैगरी धनकुटा नपा ४ स्याउलेका ५२ वर्षीय देबेन्द्र प्रसाद तामाङको घरमाथि कच्चि बाटो चिरा परी ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तल्ले घर जमिन भाँसिएर जोखिममा परेको छ ।
जिप्रका धनकुटाको कन्ट्रोल रोममा बुधबार खबर प्राप्त हुन साथ प्रहरी टोली गई मुचुल्काको काम भईरहेको छ ।
उनीहरुको परिवार संख्या ४ जना रहेको र निजहरुलाई सुरक्षित स्थानमा सर्न भनि सल्लाह दिइएको छ ।
त्यस्तै धनकुटा नपा ५ तल्लो कोप्चेका श्रीकृष्ण प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको अढाई तल्ले घरको ३ वटा कोठा चर्किएर जोखिम अबस्थामा रहेको छ ।
उक्त खबर जिप्रका धनकुटाको कन्ट्रोल रोममा बुधबार प्राप्त हुन साथ प्रहरी टोली गएको हो । ४ जना परिवार संख्या रहेका उनीहरुलाई सुरक्षित स्थानमा सर्न भनि जानकारी गराएको प्रहरीले जानकारी दिएको छ ।