अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 15 | 01:37 pm 2178

बारा, भदाै ३०ः २ केजी अवैध लागूऔषध अफिमसहित ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडी बस्ने सहजमान मिया अन्सारी रहेका छन् ।

भारतिय सिमानासँग जाेडिएको वडा नम्वर ४ ईनर्वास्थित पिलर नम्वर ३६६/६ स्थित दशगाजा क्षेत्रबाट अन्सारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले जानकारी दिए ।

अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा उनीसँग रहेको लागूऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरिक्षक कर्णजितले बताए । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि  जिप्रका पठाउने तयारी भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.