अफगानिस्तानमा आत्मघाती हमला, ३५ को मृत्यु, ७० घाइते

रिपोर्ट नेपाल | 2018 Aug 04 | 09:47 am 1611

गार्डेज, साउन १९ :  अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् ।स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा। वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ ।घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन्।

विभागीय प्रमुख अहमाड्जीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् । विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

घटनाका बारेमा अहिले सम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा हुने यस्ता आक्रमणहरु इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले गराउने गरेकाे पाइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.