अपरिचित एक व्यक्ति मृत फेला

रिपोर्ट नेपाल | 2020 Dec 23 | 07:19 pm 2617

धनकुटा, पुस ८ः बुधबार बिहान धनकुटा साँगुरीगढी गाउँपालिका ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक अपरिचित व्यक्ति मृत फेला परेको छ ।

करिब ६०–६५ वर्षको तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने एक जना पुरुष मानिस मृत अवस्थामा फेला परेको हो ।

श्यामलो वर्णको, पातलो शरीर भएको, लामो दाह्री जुंगा कपाल सेतो फुलेको, उनीको सेतो धर्का भएको निलो कोठे सर्ट, खैरो रंगको कपडाको पेन्ट लगाएका व्यक्ति मृत फेला परेको धनकुटा प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.