अपराधिक घटना पत्ता लगाउन लहान हाईवेमा सिसी क्यामरा जडान गरिने

रिपोर्ट नेपाल | 2022 Aug 30 | 09:20 am 1933

  • महेश सिंह

सिरहा लहान, भदौ १३ः सिरहाको लहान नगरपालिकाको बजार र राजमार्ग अन्तर्गत पर्ने लहान बजारको मुख्य चोकहरुमा अपराधिक घटनाहरुलाई सहज र सरल तरिकाले पत्ता लगाउन लहान नगरपालिकाले ईलाका प्रहरी कार्यालय लहानको अनुरोधमा अस्पताल चोक र सहिद पार्कमा गुणस्तरीय सिसी क्यामरा जडान गरिने मेयर महेश प्रसाद चौधरीले बताए।

बिगतमा जडान भएको सिसी क्यामरालाई निरीक्षण गर्न मेयर चौधरीले ईलाका प्रहरी कार्यालय पुगेका थिए। राजमार्गको मुख्य दुई स्थानमा गाडीहरूको नम्बर पेलेट सिसी क्यामराबाट प्रष्ट देखिने गुणस्तरीय क्यामरा जडान गरिने मेयर चौधरीले बताए।

लहानमा अपराधिक घटनाहरु दिन प्रति दिन निकै बढदै जादा स्थानीय र सर्बसाधारणहरुले जोखिम खेपी रहेका छन्। राजमार्गमा हुने सडक दुर्घटनाको गाडीहरूलाई सहज र सरल तरिकाले पत्ता लगाउनमा सहयोग होस् भने उद्देश्यले क्यामरा जडान गर्न लगेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.