काठमाडौं, वैशाख २३: अपराध महाशाखाबाट धिरज सिंह र काठमाडौंबाट बसन्त लामाको सरुवा भएपछि रिक्त स्थानमा अपराधमहाशाखामा सहकुलबहादुर थापा र काठमाडौं परीसर केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
चितवन, काभ्रेलगायतका विभिन्न जिल्लामा विभिन्न दर्जामा रहँदा सफल सुरक्षा व्यवस्थापन गर्न सफल थापा र अनुसन्धानका क्रममा उत्तीकै उच्च दब्बल राख्ने सुवेदीबीचको जोडीले अपराधकर्म गर्नेको दोहोलो काढ्ने कुरामा दुईमत छैन ।
विभिन्न जिल्लामा सफल यी दुई सारथीको मित्रता भयो र तिक्तता ल्याउन कुनै गिरोह सकृय भएन भने सुरक्षा स्थितिमा आमुल परिवर्तन आउने प्रहरीका कर्मचारी बताउँछन बितेका यो एक वर्षमा विश्वराज पोख्रेल, बसन्त लामालाई राम्रोसँग बुझेका काठमाडौंका प्रहरी अधिकृतले थप अर्का अधिकृत उत्तमराज सुवेदीको शैली बुझ्ने अवसर प्राप्त गरेका छन् ।