अपडेट- रसुवा पहिरोमा १ जनाको मृत्यु, ८ जना वेपत्ता, प्रहरी पोष्ट पनि पुरियो

| 2018 Jul 26 | 08:26 am 2112

रसुवा – रसुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ।

हराएकाहरूको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक दिलिप क्षेत्रीले बताए। बेपत्ता हुनेमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ रहेका छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्।

उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। राति एक बजे तिर पहिरो गएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये चारको अवस्था गम्भीर छ।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएका छन्। घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ।

पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।

पहिरोमा परी आठ-दश जना बेपत्ता भएको अनुमान गरिएको छ। गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.