अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ

| 2021 Sep 21 | 07:02 pm 1437

काठमाडाैं, असाेज ५ः साेमबार नेपाल एयरलाइन्सको उडान नं. RA 229 द्वारा काठमाडाैंबाट दुबई जान लागेका यात्रुकाे साथबाट प्रहरीले अवैध बिदेशी मुद्रासहित पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ४ का वर्ष ३९ को तुल्सिराम कडेल रहेका छन् ।

उनले लिई आएको खैरो रंगको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको X-ray Machine नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र साउदी रियाल ५० हजार, दुबई दिराम ३ सय ८० र नेपाली रुपैयाँ १६ हजार ४ सय  लुकाई छिपाई अवैध रुपमा वाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई हाे ।

कडेललाई सोधपुछ गर्दा बरामद भए बमोजिमको मुद्राहरु गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ४ स्थायी वतन भएका वर्ष ३८ को केशब राज कडेलले दिई पठाएको भन्ने खुलाई दिए पश्‍चात निज केशव राज कडेललाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष वाहिरपट्टिको एरियाबाट नियन्त्रणमा लिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रा र निजहरुलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.