अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले ल्यायो मोबाइल ‘फरेन्सिक’ भ्यान

| 2018 Dec 20 | 05:43 pm 1669

काठमाडौँ, पुस ५ : नेपाल प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउन भारतबाट मोबाइल फरेन्सिक भ्यान ल्याएको छ । अनुसन्धानमा महत्वपूर्ण मानिने फरेन्सिक  भ्यान ९६ लाखमा भारतको हेलिक कम्पनी पुनेबाट ल्याएको हाे ।

प्रहरीले पहिलो पटक सम्पूर्ण सुबिधासहितको  भित्र्याएको उक्त भ्यानकाे चाबी  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई चाबी हस्तान्तरण गरेका छन् ।  प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच  चाबी हस्तान्तरण गरेका हुन् । भ्यानलाई महानगरीय अपराध अनुसन्धान महशाखा, टेकुमा राखिनेछ ।

उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध अनुसन्धानका लागि घटनास्थलमा प्रयोग गर्ने गरी तयार गरिएको भ्यानमा चालकसहित ११ जना अनुसन्धान विषेशज्ञ घटना स्थलमै पुगेर अनुसन्धान गर्न सक्ने छन्।

फायर प्रतिरोधक ३२ सय ४५ सिसिको भ्यानमा फुल एयर कन्डिसन, जनरल क्राइम सेन्स इन्भेस्टिकेसन किट्स, डीएनए स्याम्पल, प्रमाण संकलन, रगत परिक्षण किट्, लागूऔषध पहिचान गर्ने किट्, सिमेन डिटेक्सन किड्स, बिस्फोटक पदार्थको पहिचान गर्ने किट सेवा छन्।

महानरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरज प्रताप सिंहका अनुसार उक्त मोवाइल फोरेन्सीक भ्यानबाट अनुसन्धानमा खटिने टोलीले घटना स्थलका सम्पूर्ण प्रमाणहरुलाई तत्काल सुरक्षीत गर्न मदत गर्ने छ। एसएसपी सिंहले प्रारम्भिक अनुसन्धामा भ्यानले महत्वपूर्ण हुने बताएका छन्।

भ्यानको सहायताले तत्काल घटना स्थलमा परिचालित भई घटनाको सुक्ष्म अनुसन्धान गर्न सहयोग गर्नेछ। जघन्य प्रकृतिको कसुरको अनुसन्धानमा उक्त भ्यान महत्वपूर्ण मानिन्छ। घटना स्थलमा फेला परेका ससाना सवुत प्रमाणको सुरक्षा गर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.