बुटवल, साउन २६: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका सहायक वीरेन्द्र पाण्डे रहेका छन् । उनलाई सेवाग्राहीहरुसँग ३ हजार नगदलिदै गरेकाे अवस्थामा बुटवलको ट्राफिक चोकबाट पक्राउ गरेको हो ।
अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार पाण्डेले व्यापारी वीरेन्द्र बर्मालाई घरायासी समान ल्याउनको लागि लाइन मिलाई दिने भन्दै रकम मागेका थिए । सोही क्रममा ३ हजार घुससहित रंगेहात फेला पारिएको थियो । अख्तियारले व्यापारी बर्मा अनुसन्धान सहायक पाण्डे दुवै जनालाई अहिले बयान लिइरहेको छ ।