अनुमति विना प्रहरीको बर्दी प्रयोग गरे कारवाही हुने

| 2023 Sep 14 | 02:04 pm 2053

काठमाडाैं, भदाै २८ । नेपाल प्रहरीको वर्दी र दर्ज्यानी चिन्ह लगाएर पछिल्लो रंगमंचका कार्यक्रममा विकृतीपूर्ण कार्य गरेको भन्दै नेपाल प्रहरीले खबरदारी गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालयबाट एक विज्ञप्ती जारी गर्दै केहि समय यता नेपाली चलचित्र, टिकटक, टेलीचलचित्र, सांगितिक भिडीयो लगायतका सामाजिक संजाल तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरेको उल्लेख गरिएको छ ।

केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार प्रहरीको सांगठनिक मर्यादा विपरितका अपशबद एवंम संवादलाई प्रस्तुत गरेको पनि उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार कहि व्यक्ति समूहबाट प्रहरीले व्यवसायीक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने र प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यको सुरक्षा चुनाैती दिने किसिमका असामाजिक अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यवसायिक मनोवलमा प्रतिकुल प्रभावपार्ने कृयाकलाप देखिएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तीमा पोशाक  प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको श्रव्यदृष्य शाखामा पोशाक प्रयोग गर्नुको प्रयोजन तथा आवश्यक्ता जनाउँदै भिडियोको स्कृप्ट खुलाएर निवेदन दिनुपर्ने उल्लेख छ ।

नेपाल प्रहरीको वर्दी दर्ज्यानी चिन्ह लगाएर अनुमती विना कुनै कार्य गरेमा कारवाही गरिने कुरा पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.