अनशनरत केसीको अवस्था नाजुक बन्दै चिकित्सक संघले दियो २४ घण्टे अल्टिमेटम

रिपोर्ट नेपाल | 2018 Jul 07 | 01:22 pm 3380

जुम्ला, असार २३ : एक साता देखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएकोछ । अनशन बसेदेखि सलाइन पानी बाहेक अन्य केही खाना लगाएत औषधी सेवन गर्न नमानेपछि डा.केसीको स्वास्थ्य अवस्था खस्कदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

शनिबार अपरान्ह रिपोर्ट नेपालसंग कुरा गर्दै उपचारमा संलग्न डा. प्रविण कुमार गिरीका अनुसार अहिले केसीको अक्सिजनको मात्रा कमी भएको, पिसावमा खरावी देखिएकोले उनले सलाइन पानीबाहेक अन्य उपचार गर्न इन्कार गरेकोले स्वास्थ्य अवस्था गम्भिर भएको बताएका छन् ।

पन्ध्रौं पटक जुम्ला पुगेर स्वास्थ्य शिक्षा सुधारको माग राखि अनशनरत डा. गोविन्द केसीको माग प्रति नेपाल चिकित्सक संघले समर्थन गरेको छ ।

संघका अध्यक्ष मुक्ति श्रेष्ठले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेका छन् । २४ घण्टे अल्टिमेटम दिएको चिकित्सक संघले डा. केसीको मागलाई बेवास्ता गरी सरकारले यहि रवैया देखाए मुलुकभरका चिकित्सकहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.