अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2022 Mar 09 | 08:00 pm 2429

काठमाडाैं, फागुन २५ः सामाजिक संजाल  Whatasapp, IMO, Facebook को दुरुपयोग गरी लक्की ड्र मार्फत तपाईलाई रु. २५ लाखको चिट्ठा परेको छ, Khalti, e-Sewa जस्ता Wallet Apps को कर्मचारी हुँ, तपाईको Account नविकरण गरी दिन्छौं भन्ने जस्ता भ्रामकपुर्ण म्यासेज पीडितहरुको Whatsapp मा पठाई बिभिन्न बहाना बनाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं. ६ पिपलचोकका २० बर्षीय  धिरेन कुमार मण्डल रहेका छन् ।

उनले पीडितहरुसंग कुराकानी गरी बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाईल नम्बरमा OTP कोर्ड समेत पठाई मागी, कोर्ड लिई पीडितकै खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी जम्मा रु. २ लाख १ हजार रकम अनलाईन मार्फत ठगी गरेका थिए ।

ईलाका प्रहरी कार्यालय रंगेली, मोरङसंग आवश्यक समन्यव गरी मण्डललाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.