अनलाइन ठगी तथा नक्कली मुद्रा कारोबार गर्ने बिदेशी नागरिक पक्राउ

| 2020 Aug 16 | 07:07 pm 1763

काठमाडौं, साउन ३२ः अनलाइन ठगी तथा नक्कली मुद्रा कारोबार गर्ने एक बिदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पीडित युवतीले प्रयोग गर्ने सामाजिक सन्जाल इन्टाग्राममा मार्की आरोन नाम गरेको व्यक्तिले चिनजान गरी आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो भनेका थिए ।

बिदेशी नागरिकले युवतीलाई नेपाल आएर विवाह गर्ने भनि विश्वास दिलाई विभिन्न व्यक्तिको नामबाट कुराकानी गरी नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र ३ लाख ३० हजार पाउण्ड समेत पठाएको छु भनि सामानको पार्सल फोटो समेत पठाई विश्वासमा पारेका थिए ।

विश्वासमा पारी उक्त सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि पैसा आवश्यक पर्यो भनि पटक–पटक गरी युवतीलाई ४८ लाख ५४ हजार ४ सय २० रुपौयां पठाउन लगाई ति बिदेशी नागरिकले लिएका थिए ।

उक्त रकम ठगी गरेको आरोपमा पास्पोर्ट नम्बर एन आई १७९७०१ को रिपब्लिका De Angola का नागरिक Silva Antonio Da Costa समेतको संलग्नता रहेको खुल्न आएकोमा २० लाख रुपैयां भन्सार छुटाउनको लागि आवश्यक परेको भनि बानेश्वर एभरेष्ट होटलमा बोलाई उक्त होटलमा पुगी सम्पर्क गर्दा पुनः होटल सोल्टिमा बोलाएका थिए ।

यसै क्रममा महाशाखाबाट खटिएको टोलीले यही साउन ३० गते उनलाई पक्राउ गरी ठमेल स्थित उनी बसेको होटलको कोठा खानतलासी गरी विभिन्न सामाग्री बरामद गरेको हो ।

पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात्ः ठगी र खोटा मुद्रा बनाउन नहुने मुद्दा समेतमा थप अनुसन्धानको लागि महानगरिय प्रहरी परीसर काडमाडौं पठाइएको महाशाखाले जनाएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तले सोही दिन एक युवतीबाट पनि ३७ हजार नगद यस्तै गरी ठगी गरेको पाइएको छ । बिदेशी नागरिकले नक्कली नोट बनाउने गरेको देखिएकोमा नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागज समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीसाग सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको बताइएको छ । पक्राउ परेका ती व्यक्ति गत फागुन २४ गते नेपाल आएको देखिएको छ । उनलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परीसरले जानकारी दिएको छ ।

बरामद सामानहरुः
१. नेपाली रुपैयां ३ लाख १५ हजार ७ सय ४५
२. अमेरिकन डलर ९००
३. सेतो रंगको A4 साइजको पेपरहरु, ATM कार्डहरु, पाउडरको बट्टाहरु र ल्यापटप १ थान
४. नक्कली जस्तो देखिने नेपाली रुपैयां १ हजार दरको ३ थान, विभिन्न देशका मुद्राहरु
५. नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरु
६. टेप, विभिन्न रंगको A4 पेपर, पेपर कटर लगायतका सामानहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.