अध्यक्ष साहले दोहोरो मापदण्ड अनुसार निर्माण संरचना भत्काएकाे पीडितको आरोप

रिपोर्ट नेपाल | 2020 Oct 10 | 06:16 pm 2765

महेश सिंह सिरहा, असोज २४ः लहान नगरपालिका वडा नम्बर ११ का अध्यक्ष राज कुमार साहले बदनियत पूर्ण तरिकाले निर्माण संरचना भत्काएको पीडितले आरोप लगाएका छन् ।

पडरिया चौक देखि सरस्वती गाउँको शिव चोकसम्म निर्माण हुन् लागेको ३० फिटको बाटोमा एक नासको मापन नगरी दोहोरो मापदण्ड अनुसार नाप गरी पक्ष पात गरेर निर्माण संरचना बिगारीएको पीडित सजन साहले बताए ।

No description available.

लहान ११ पिडरबोनी गाउँमा बिकासको गती ल्याउन सागुरो बाटोलाई फराकिलो र कालोपत्र गर्न अध्यक्ष साहले घर मुलिलाई कुनै लिखित ठोस सूचना नदिई एक्कासि आफ्नै मनलागी तरिकाले प्रहरीको संरक्षणमा डोजर लगाएर स्थानीय सजन कुमार साह, श्रीलाल साह, जिबछ साह सम्भु साहको घर र घरको वाल भतकाएका छन्।

करिब एक बर्ष अगाडि चौरीको बाटोमा कालोपत्र गरेका थिए। दोहोरो मापदण्ड अनुसार अध्यक्षले नाप गर्न लाग्दा पीडित पक्षले लहान नगरपालिकाका मेयर मुनि साहलाई सुझावको लागि ज्ञापन पत्र समेत बुझाएका थिए।

वडा अध्यक्ष राज कुमार साह लहान नगरपालिकाको प्रवक्ता समेत रहेका छन् । साहलाई बाटो फराकिलो गर्ने क्रममा गाउँका युवाहरुले हात पात समेत गरेका थिए ।

यता साहले आफू घर भत्काउनु भन्दा अगाडि सबैलाई अग्रिम जानकारी गराएको अध्यक्ष साहले दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.