अध्यक्ष वेद मगरलाई पितृशोक

रिपोर्ट नेपाल | 2020 Apr 11 | 01:15 pm 2011

गुल्मी, चैत २९: नेपाली कांग्रेस गुल्मीका सदस्य तथा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापालाई पितृशोक परेको छ ।

अध्यक्ष थापाका ८४ वर्षीय पिता रनबहादुर थापा मगरको निधन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । लामो सयमसम्म उनी नेपाली कांग्रेस खड्ककोट गाउँ समितिको सभापति रहेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेका रनबहादुर थापाले २०४६ को परिवर्तनपछि लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

थापाको निधनलाई लिएर नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले दुःख व्यक्त गरेका छन् ।

नेता सेनले कम्युनिस्टको दबदबा रहेको खड्गकोटमा उनले धेरै कष्ट भोगेर संगठन गर्दै विकास निर्माणमा सहभागी रहेको जनाएका छन् ।

त्यसैगरी सभापति भुवनप्रसाद श्रेष्ठ, उपसभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी लगायतका नेता कार्यकर्ताले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.