अधुरै रह्यो नेपालको विश्वकप खेल्ने सपना

रिपोर्ट नेपाल | 2019 Apr 18 | 03:26 pm 1495

काठमाडाैं,  वैशाख ५ : मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेको छ । योसँगै युएईले विश्वकपमा स्थान पक्का गरेको छ भने नेपाल छनोटबाट बाहिरिएको छ ।

ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले १२.१ ओभरमा विना विकेटको क्षतिमा १ सय १० रन बटुल्दै सहजै पुरा गरेको छ ।

नेपालले छनोटको पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तर वर्षाले बिथोलिएको दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग १ रनले पराजित हुँदै अंक तालिकामा पछि परेको थियो । सोही १ रनको हार नेपालको विश्वकप खेल्ने यात्राको बाधक बन्न पुग्यो ।

तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले ओमानलाई पनि १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप छनोटका लागि नेपालले अन्तिम खेलमा कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याइ रहेको छ । याे खेलमा जित हात पारे पनि नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.