अत्यावश्यक बाहेकका सबै सवारी बन्द

रिपोर्ट नेपाल | 2023 Apr 23 | 08:24 am 945

मकवानपुर, वैशाख १०ः चितवनमा आज (आइतबार) अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । चितवन निर्वाचन क्षेत्र नं. २ मा आज हुने प्रतिनिधि सभा उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै मकवानपुरबाट चितवन जाने सवारी साधन साँझ ६ बजेसम्मलाई रोक लगाइएको हो ।

आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चितवन भर अत्यावश्यक एम्बुलेन्स, दमकललगायतको सवारी साधन बाहेक अन्य सवारी साधनहरुलाई राजमार्गमा समेत रोक लगाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चितवनमा अत्यावश्यक एम्बुलेन्स, दमकललगायतको सवारी साधन बाहेक अन्य सवारी साधनहरुको आवागमनमा रोक लगाइएको हुँदा मकवानपुर भएर चितवनतर्फ जाने अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै सवारी साधनमा रोक लगाइएकाले मालबाहक तथा यात्रुबाहक सवारी साधनहरु नलैजान आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.