अत्याधिक धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा

रिपोर्ट नेपाल | 2022 Dec 22 | 08:06 am 1385

काठमाडाैं, पुस ७ः काठमाडौँको सोह्रखुट्टेमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उँनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेको बताए ।

कारवाही गरिएका सवारी साधनलाई बुधबार नै वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.