अत्यधिक रक्सी सेवनका कारण सिरहामा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 15 | 11:50 am 2449

  • महेश सिंह

सिरहा, चैत १: जिल्लाको लहान नगरपालिका ४ स्थित बिरेन्द्र झाको घरमा कोठा भाडा लिई बस्ने एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका २ की चन्द्रीका थापा कार्की भनिने तिर्थ कुमारी कार्की रहेकी छन्. ।

उनले होलिको दिन देखि रक्सी खाएर मात्दै गएको र बिगत चार दिन देखि कोठा थुनेर खाना न खाई रक्सी मात्रै खाने गरेको परिवारका सदस्य संगीता थापा मगरले जानकारी दिए ।

मृतक चन्द्रीकाको डेढ वर्ष अगाडी प्रेम बिवाह गरी उदयपुरगढी गाउँपालिका बर्रे गाउँमा २४ वर्षीय नवीन थापा मगरसंग भएको थियो ।

मगर बिवाह भएको केही महिना पछी वैदेशिक रोजगारको लागि कतारमा रहेका छन् ।

मृतक कार्की लहान स्थित रहेको जे एस मुरारका बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत थिए ।

चन्द्रीका लहान स्थित रहेको एभरेस्ट कलेज भित्र संचलनमा रहेको मोन्टेस्वरीको र नर्सरी एल्केजीको ग्रेड शिक्षिकाको रूपमा कार्यरत थिए ।

अत्याधिक रक्सीको सेवनबाट कोठा भित्र बेहोस हुँदा केटा पक्छ्को दिदी संगीता थापा मगरले उपचारको लागि लहान स्थित रहेको लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको ईलाका प्रहरीले कार्यालय लहानका इन्स्पेकटर सुमित कुशवाहाले बताए ।

सबलाई पोष्टमार्टमका लागि लहान अस्पतालमा राखीएको लहान अस्पतालको प्रमुख डाक्टर शुनिल कुशवाहाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.