गजल
अटुट त्यो सम्बन्धको कुनै नाम थिएन,
फेरिएछ उनको मन बोलाउनै सकिन।
सजाएका मेरा सपना ति नयनमा पाउथें
बन्धकी भयो मुटु आज उकास्नै सकिन।
फेरिएछन् नाता गोता यो मन बदलिएन,
धड्कन बढिरह्यो मुटु फेर्न सकिन।
सिसा सरी टुट्यो मुटु जोड्न सकिएन,
आँसुले नै भिज्यो मुहार सजाउनै सकिन।
सारा पीडा आफैं सही उनलाई हराइन,
अटुट त्यो सम्बन्धको कुनै नाम थिएन।