अझै फेला परिनन ७० वर्षीय ज्ञानुमाया

| 2023 Aug 31 | 04:03 pm 1885

गुल्मी, भदाै १४ । इस्मा गाउँपालिका–५ दरिनढुङ्गा निवासी आरवी बस्नेतले भदाै ११ गते दिउसो १ :०० बजे देखि आफ्नै कान्छी आमा एकाएक  वेपत्ता भएको भन्दै कसैले फेला पारे खबर गरिदिन आग्रह गरेका छन् ।  ७० वर्षीया ज्ञानुमाया बस्नेत (ठूला घर कान्छी दिदि)  यहि भदौ ११ गते दिउँसोदेखि घरबाट वेपत्ता भएको परिवार स्रोतले जनाएको छ ।

विगत चार महिनादेखि नसा रोगबाट पीडित भएकी उनको तम्घास ल्याएर उपचार गराइएको पनि बताइएको छ । केही दिनअघि पनि घरबाट हराएर जङ्ग्लमा फेला पारेर ल्याइएकी उनी एकाएक ११ गते दिउँसो एक बजेतिर घरबाट हिँडे देखि हालसम्म फेला पार्न नसकेको जनाइएको छ ।

बेलायतमा रहेका उनका देवर अर्जुन बस्नेतले समेत खोजिका लागि आग्रह गर्दै नजिकको प्रहरी चौकी वा मोवाईल नम्बर ९८५४२००५७६ मा खवर गरिदिन आग्रह गरेका छन् । उनको श्रीमान पनि १७ वर्ष अघि देखि वेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.