अर्घाखाँची, भदाै १७: अज्ञात समूहद्वारा अर्घाखाँचीका एक वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरिएको छ ।
जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर—७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।
अर्घाखाँची प्रहरीले दिएकाे जानकारी अनुसार आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर काम नलाग्ने भएको जनाए ।
पाण्डे नेकपाबाट विजयी वडाध्यक्ष हुन् । उक्त आगलागीबारे केही नखुलेकाले कस्ले र किन गर्यो भन्ने प्रहरीमा अनुसन्धान चलिरहेको बताइएको छ ।