अज्ञात समूहद्वारा नेकपाका गाउँपालिका अध्यक्षलाई अपहरण गरी निर्घात कुटपिट

रिपोर्ट नेपाल | 2020 Jan 31 | 04:19 pm 1834

डडेल्धुरा, माघ १७: अज्ञात समूहद्वारा नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालि कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको छ।

उनलाई शुक्रबार मध्यन्नको समयमा अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो।

गाउँपालिकाको वडा नं.३ वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ गइरहेका उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।

आलिताल तालभन्दा करिब पाँचसय मिटरमाथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए।

अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको छ। जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोडा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकमा आगजनीको समेत प्रयास गरिएको छ। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी छन्।

प्रहरीले अपहरण गरी कुटटि गर्ने समूहको खोजी कार्य तीव्र पारेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराको उक्त घटनाको घोर भत्र्सना गरेको छ। घटना लगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्सना गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.