दाङ, जेठ २६ः अज्ञात समूहद्वारा दाङकाे देउखुरीमा चार वटा स्काभेटरमा आगजनी गरेको छ ।
गएराति देउखुरीको कालाकाटे–गढवा हुलाकी सडक खण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका चार वटा स्काभेटरमा आगजनी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।
गढवा गाउँपालिका–१ जेठानगाउँ स्थित राप्ती नदिमा पार्किङ गरी राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ कक ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राठोरले बताए । आगजनीबाट ४ करोड बढिको क्षति भएको प्रहरीकाे अनुमान रहेकाे छ ।
राति करिव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रमुख राठोरले जानकारी दिए । आगजनीबाट सबै स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । स्काभेटरमा आगजनी गर्ने समूहको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।