अज्ञात समुहले एक भारतीयको गोली हानी हत्या

रिपोर्ट नेपाल | 2019 Mar 28 | 06:51 am 2200

बुटवल, चैत १३ : बुटवल उपमहानगरपालिका– १ गडी टोलमा अज्ञात व्यक्तिले एक भारतीय नागरिकको गोली हानी हत्या गरेको छ ।

बुटवलको अटो भिलेजस्थित रहेको एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । फरार रहेका अज्ञात समूहको प्रहरीले तिब्र गतिमा खोजी गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.