अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

| 2020 Jul 23 | 01:08 pm 2205

कञ्चनपुर, साउन ८ः गए राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी भएको छ । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए ।

वडाध्यक्ष सिंहका अनुसार कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्कि आगजनी गरिएको बताए ।

कार्यालयमा राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।सुरक्षाकर्मीको टोली वडा कार्यालयमा बिहान पुगेको बताइएको छ ।

आगजनीबाट कार्यालयमा के कति क्षति भएको छ यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए।

आगलागी किन र कसले गर्यो पत्ता लाग्न सकेको छैन । अहिलेसम्म कसैले पनि जिम्मा नलिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.