अछाममा पहिरोले घर बगाउँदा आठ जनाको मृत्यु, नौ जना बेपत्ता

| 2022 Sep 17 | 11:26 am 1109

अछाम, असोज १ः अछामका दुई स्थानमा पहिरो जाँदा पुरिएर आठजनाको मृत्यु भएको छ भने नौजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरु बेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिए ।

रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाति र नेत्रबहादुरका श्रीमान श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरेकाे स्थानीय जनकबहादुरको भनाइ छ । बेपत्तामध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ ।

यस्तै, कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा घर माथिबाट पहिरो जाँदा इन्द्र परियारको घर पुरिँदा आठ जनाको मृत्यु भएको बताइएको छ । सोही घटनामा चारजना घाइते भएका छन् । दुवै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.