अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

| 2022 Sep 17 | 06:08 pm 3405

अछाम, असाेज १ः अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही र कमलबजार नगरपालिका-६ बस्ने ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गिता कामी, १२ वर्षीया सिरु कामी रहेको प्रहरीले बताएको छ ।

यस्तै, कमलबजार नगरपालिका-८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.