अछाममा एक वडाध्यक्ष मृत फेला

रिपोर्ट नेपाल | 2020 Feb 04 | 10:48 am 1789

अछाम, माघ २१: जिल्लाको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष वडाध्यक्ष मृत फेला परेका छन्।

उक्त घटनाको जानकारी नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले अध्यक्ष मृत फेला पर्नुभएको छ, हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ, भन्नेखबर दिएकी बताइएको छ ।

धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको जनाए।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.