अछाम–१ मा मन्त्री कुँवर विजयी

| 2022 Nov 23 | 07:16 am 1261

अछाम, मङ्सिर ७ः अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवर चार हजार ४८९ मतान्तरले विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुन मगरले जानकारी दिए ।

विजयी भएका कुँवर गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार थिए । कुँवरले १९ हजार ५३४ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत ल्याएर तेस्रो भएका छन् । सोही क्षेत्रको निर्वाचनमा हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा र स्वतन्त्रका उम्मेदवार महेन्द्र बोगटीका १७१/१७१ मत र अर्का स्वतन्त्र उम्मेदवार हिकमत कुँवरले १०२ मत प्राप्त गरेका छन् । अछाम क्षेत्र नम्बर १ मा जम्मा खसेका ४१ हजार ३९२ मत मध्येमा एक हजार ९७७ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.