अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित

रिपोर्ट नेपाल | 2020 Jan 26 | 04:22 pm 2030

काठमाडौं, माघ १२: नेकपाका स्थायी समिति सदस्य तथा सांसद अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

आइतवार दिउँसो ३ बजेदेखि बसिरहेको प्रतिनिधसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

आजैदेखि सापकोटाले कार्यभार सम्हाल्ने भएका छन् । ७ माघमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनको मात्र उमेदवारी परेको थियो । उपसभामुख शिवमायाँ तुम्बाहाम्फेले ६ माघमा राजीनामा दिइसकेकी छन् ।

यसैगरी प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते बस्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.