मुगु, चैत १०ः जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ रोल गाउँमा गत पुस ११ गते घर आगलागीमा परी बिचलित भएका अग्नी पीडित परिवारलाई हेड्स नेपालको सहयोग र अनिल बाँनियाको पहलमा राहत सामाग्री वितरण गरिएको छ ।

उक्त राहत सामाग्री गाउँपालिकाको कार्यालय र वडा कार्यालयको समन्वयमा वितरण गरिएको समाजसेवी अनिल बाँनियाले बताए ।
अग्नी पीडितहरुले आगलागी भएपछि कुनै पनि ठाउँबाट राहतका सामाग्री नपाएको र अहिले यसरी राहत पाउँदा पीडितहरु खुसी भएका छन् ।
समाजसेवी बाँनियाका अनुसार पीडितहरुलाई अति आवश्यक पर्ने खाद्यन्न, सिरक र डस्ना वितरण गरिएको बताए ।