अख्तियारद्वारा स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग सोधपुछ

| 2020 Apr 04 | 08:59 am 1633

काठमाडौं, चैत २२ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । अख्तियारले बिहीबार महानिर्देशक श्रेष्ठलाई अख्तियारमा नै बोलाएर सोधपुछ गरेको हो ।

सोधपुछका क्रममा महानिर्देशक श्रेष्ठले स्वास्थ्यजन्य सामग्री खरिद गर्दा अपनाएका सम्पूर्ण विधि र प्रक्रियाबारे अख्तियारलाई जानकारी गराएका थिए ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित विभागका अधिकारीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

उजुरी परेलगत्तै सो विषयलाई उच्च प्राथमिकतामा राख्दै खरिद प्रक्रियाबारे अनुसन्धान थालिएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । राजधानी दैनिबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.