बर्दिया, भदौ २८ः मुलुक कोरोना संक्रमणको आतंकले त्राहीमाम भइरहेका बेला बर्दियामा भने सशस्त्र प्रहरीको संरक्षणमा तस्करी सुचारु भएको छ। एसपी नर बहादुर राउतले परिचालन गरेका घुमुवाहरू वरिष्ठ हवल्दार रतन आचार्य र भुपेन्द्र खड्काले तस्करहरूसग सेटिङ मिलाएर तस्करीको लाईन चलाएका छन् ।
बर्दियाको तस्करीको लाइन चलेको सम्बन्धमा अख्तियार, हेलो सरकार सशस्त्र मुख्यालय, महानिरीक्षक शैलेन्द्र खनाल देखि पाँच नम्बर प्रदेशका डिआईजि किशोर प्रधान समेतलाई लिखित उजुरी परेको छ।
तर पनि कुनै छानबिन र सोधपुछ भएको छैन ।
यसरी सबैतिर उजुरी पर्दासमेत कुनै कारबाही र अनुसन्धान नभएबाट तस्करीको सेटिङ प्रदेश तहसम्म रहेको अनुमान गर्न सकिन्छ ।
देशमा कोरोना रोग दिनप्रतिदिन बढ्दै महामारीको रुपमा फैलिईरहेको हुँदा सरकारले कसरी स्वास्थ्य सेवा गर्ने र नागरिकको जिउज्यान बचाउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रीत गरेको छ । त्यसैको कारण अहिले देशका कैयौं ठाँउमा कतै निषेधाज्ञा त कतै लकडाउन गरिएको छ ।
तर सुरक्षाको जिम्मा लिएका बर्दियाका सशस्त्र प्रहरीका एसपी नर बहादुर राउत भने लकडाउनको अक्षेरस पालना गर्नुहोस भन्दै साधारण नागरिकलाई घरभित्र हुल्दै तस्करीलाई निरन्तरता दिएका छन् ।
पुराना घुमुवा बरिष्ठ हवल्दार रतन आचार्य मार्फत तस्करीलाई फकाउन लगाएर काठ तस्करी र खसीबोका तस्करीबाट एसपीले मासिक रकम बुझ्ने गरेको समाचार स्रोतको दाबी छ ।
हिजो आज बर्दिया जिल्लामा भारतबाट नेपाल अवैध सिसौको काठ तस्करी र खसिबोकाको तस्करी ब्यापकरुपमा भैरहेको छ । एसपी राउतले सिल गरिएको सिमा नाकाबाट पनि तस्करीलाई निर्वाध रुपमा भारत र नेपाल आवात जावात गर्न छुट दिएका छन् भने तस्करीको माल पास गराउन घुमुवाका नाईके रतन आचार्य र भुपेन्द्र खडकालाई पाँच नम्बर प्रदेशको बाहिनिमा घर बिदाको रेकर्ड देखाएर दिनरात बर्दिया जिल्लाको राजापुर सीमा क्षेत्र र फुटाह नाकामा खटाएका छन् ।
विगत दस बर्षदेखि घुमुवा बसेका भुपेन्द्र खडकाको बर्दिया सदरमुकाममा तीन तल्ले पक्की घर, एक बिगाह खेत र नेपालगंजमा एउटा घडेरी छ । अर्का घुमुवा रतन आचार्यको सुर्खेतमा डेढ करोडको आलिसान बंगला छ भने कोहलपुरमा एउटा घडेरी र स्कारपियो गाडी समेत रहेको बुझिन आएको छ ।