मेला हेरेर फर्किने क्रममा बस खोलामा खस्यो, १८ जनाको मृ्त्यु (घाइतेको सूचीसहित)
डडेल्धुरा, मंसिर ७ : डेडेल्धुरामा लाग्ने उग्रतारा मेला हेरेर फर्किने क्रममा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
से१क २९३ नम्बरको स्कूल बस दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवाखोलामा पाँच सय मिटर तल खसेको डडेलधुरा जोशीले जानकारी दिए। दुर्घटनामा करिब १८ जनाभन्दा बढी घाइते भएको उनले बताए। जोशीका अनुसार घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको छ।
घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीका भिम बलायर, शिखर १० डोटीका सरिता बलायर, तिल्ताली डोटीका सोनिया रावल, सन्तोष रावल, बन्डोरसैन डोटीका भरत बलायर, सिल्ताडा डोटीका नारद बलायर, भेटा डडेल्धुराकी ईश्वरी दमाई, बेलापुर डडेल्धुराका थानेश्वर अवस्थी, तल्छी ७ डोटीकी हरिना बोहरा, बन्लेक १० डडेल्धुराकी सावित्री धामी, शिखर १० डडेल्धुराका रमेश धामी, र गन्यापधुरा डडेल्धुराका सुशिल बोहरा रहेका छन् ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका अनुसार ज्यान गुमाउने मध्ये डोटीको दिपायल सिलगढी नगरपालिका ४ बस्ने शशी विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत हुन सकेको छैन।
घाइते मध्ये गम्भीर अवस्थाका ११ जनाको अवस्था गम्भीर भएकोले कैलाली रिफर गरिएको छ। सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
पिस जोन विद्या निकेतनको बस भएपनि यात्रु भने सर्वसाधारण सवार रहेको प्रजिअ जोशीले बताए।