काठमाडाैं, पुस ७ः संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, South Sudan मा तैनाथ श्री श्रीजंग गण (शान्ति सेना) एघारौं डफ्फाको जिम्मेवारी क्षेत्र Lake State को Yirol East ईलाकामा मिति २०७८ मंसिर १९ गतेबाट पुस २ गते (तदअनुसार 05-17 Dec 2021) सम्म नेपाली शान्ति सैनिकहरुद्वारा स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरुसंगको समन्वयमा देहाय बमोजिमका जनहित कार्य संचालन गरिएको व्यहोरा जानकारी गराइएकाे छ ।
(क) मिति २०७८/०८/२१ गते Yirol स्थित Girls Primary School मा उक्त विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थितीमा विद्यालयमा अध्ययनरत छात्राहरुसंग अन्तरक्रिया गरी करीब ७५ जनालाई स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको ।
(ख) मिति २०७८/०८/२४ गते Yirol स्थित Adior Payan मा स्थानीय बासिन्दा तथा समुदायका प्रतिनिधिहरुको उपस्थितीमा करीब ७० जना युवाहरुलाई खेलकुद तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको ।
(ग) मिति २०७८/०९/०१ गते Yirol स्थित स्थानीय विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा विद्यालयमा अध्ययनरत करीब १०० जना विद्यार्थीहरुलाई खेलकुद, स्टेशनरी तथा कोभिड- १९ रोकथामका सुरक्षात्मक सामाग्रीहरु हस्तान्तरण गरिएको ।
नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोग तथा जनहित कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।