South Sudan मा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जनहित कार्य संचालन

| 2021 Dec 03 | 06:58 pm 1373

काठमाडाैं, मंसिर १७ः संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, South Sudan मा तैनाथ श्री श्रीजंग गण (शान्ति सेना) एघारौं डफ्फाका Female Engagement Team (FET) द्वारा Lake State स्थित Maper मा स्थानीय निकायसँग समन्वय गरी UNMO तथा अन्य UN Partner को सहकार्यमा महिला तथा विद्यालयका बालबालिकाहरूलाई लक्षित गर्दै मिति २०७४।०८।१४ गते Menstrual Health Care सम्बन्धी कक्षा संचालन गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा Female Engagement Team (FET) द्वारा तयार पारिएको Reusable Sanitary Pad वितरण गर्नुका साथै Reusable Sanitary Pad तयार गर्ने विधी बारे जानकारी गराइएको थियो । UNMO, Civil Affairs Division (CAD), Gender Affairs लगायत अन्य UN Partner हरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामान तथा COVID-19 सुरक्षा सामग्रीहरु समेत वितरण गरिएको थियो ।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोग तथा सचेतनामूलक कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.