- पिताम्बर भण्डारी
गुल्मी, फागुन १५ः यस बर्षकाे कक्षा दशकाे बार्षिक परीक्षा अर्थात SEE चैत १७ देखि सुरु हुँदै छ । देशभरका विद्यालयका शिक्षकहरू कसरी राम्रो अङ्क ल्याउन सकिन्छ भनेर दिनरात लागिपरेका छन् तर यता रुरु क्षेत्र गाउँपालिका वडा नम्ब १ मा भने त्यसकाे ठ्याक्कै उल्टाे भएको छ।
कक्षा १० काे SEE परीक्षा नजिकिँदा रिडि नमुना माध्यमिक विद्यालयका प्रधान अध्यापक राेहित भण्डारी नेकपा एमालेले आयाेजना गरेको मिसन ग्रासरुट अभियानमा खुलेरै लागेका छन्।
विद्यालयका सम्पूर्ण गतिविधि छाेडेर भण्डारी कालिगण्डकि गाउँपालिकामा सहभागी भएका हुन। उनी खुल्ला रुपमै कार्यक्रममा मात्रै सहभागी भएका छैनन्, सामाजिक सन्जाल फेसबुकमा फाेटाे समेत सार्वजनिक गरेका छन्।
एमाले जिल्ला सदस्य अञ्जु कँडेलले मिसन ग्रासरुट कार्यक्रम भन्दै प्रअ भण्डारी सहितकाे फाेटाे सार्वजनिक गरेकी छन्।