Royal College of Defence Studies (UK) को अध्ययन भ्रमण सम्पन्‍न

रिपोर्ट नेपाल | 2023 May 13 | 06:05 pm 1433

काठमाडाैं, बैशाख ३०ः मिति २०८० बैशाख २५ गतेदेखि अध्ययन भ्रमणमा रहेका संयुक्त अधिराज्यको Royal College of Defence Studies को टोलीले नेपालको भ्रमण सम्पन्न गरेको छ । कलेजका Commandant Lt Gen (Retd.) Sir George Norton को नेतृत्वमा कलेजका शिक्षक तथा विभिन्न देशका शिक्षार्थीहरु सम्मिलित १९ सदस्यीय भ्रमणदल आज मिति २०८० बैशाख ३० गते नेपालबाट प्रस्थान गरेको हो ।

भ्रमणको सिलसिलामा मिति २०८० बैशाख २५ गते भ्रमणदलका प्रमुख Lt. Gen. Norton ले
प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका थिए । उक्त भ्रमणदलले
जङ्गी अड्‍डा, पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।

विभिन्न शिक्षण संस्थाहरुमा संचालन हुने उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले बिभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको छ । Royal College of Defence Studies मा संचालन हुने तालिममा नेपाली सेनाबाट पनि सहभागिता रहने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.